Logo

नेपालमा थप १६४० जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

Logo 2021-09-08 05-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा ३४९, ललितपुरमा १५० र भक्तपुरमा ६९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा २१६१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?