Logo

संसदमा एमालेको चर्को नाराबाजी, स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ निदाइरहे

Logo 2021-09-08 05-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ संसदमा निदाएका छन् ।

बुधबार प्रमुख प्रतिपक्षी एमालेले चर्को नाराबाजी गरिरहेका बेला राज्यमन्त्री श्रेष्ठ भने निदाइरहेका थिए । सदनमा सभामुखले एमाले विभाजनमा भूमिका निर्वाह गरेको भन्दै एमालेले नाराबाजी गरेको थियो ।

एमालेकाे नाराबाजीपछि बुधबार संसदको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भयो । दोस्रो बैठकमा पनि उनीहरूले सभामुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

यसअघि पहिलो बैठक पनि एमालेकै अवरोधका कारण स्थगित भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?