Logo

स्रोत नखुृलेको ११ लाखसहित भारतीय नागरिक पक्राउ

Logo 2021-09-08 07-09    Hamro Biratnagar

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ११ लाख नेपाली रुपैयाँसहित भारत पश्चिम बंगाल हाउडा घर बताउने १९ वर्षीय शोविक आदकलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा।४ ख ४४५० नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई झोलामा लुकाइ ल्याएको उक्त स्रोत नखुलेको नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?