Logo

सरकारलाई एमसीसीको जवाफ: एमसीसी नेपालको संविधानभन्दा माथि छैन, हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता होइन:

Logo 2021-09-08 09-09    Hamro Biratnagar

काठमाडौं, भदौ २३।  अमेरिका मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सम्झौताभन्दा नेपालको संविधानमाथि रहेको जनाएको छ ।

नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसीको उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ दिनुभएको छ ।नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपाल सरकारलाई पठाएको पत्रमा भनिएको छ नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ ।

अमेरिकी दूतावासले नेपाल जनता टाइम्सलाई उपलब्ध गराएको जवाफको पूर्णपाठमा एमसीसी हिन्द-प्रशान्त रणनीति मातहतको सम्झौता नभएको बताइएको छ ।

एमसीसी कम्प्याक्ट साझेदार र सरकारबीचको सम्झौता भएको जनाउँदै जवाफमा भनिएको छ – हिन्द प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहन्छ ।

साथै, सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको समेत जवाफ दिइएको छ । सरकारले सोधेका प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसी इन्डो–प्यासिफिक रणनीतिको हिस्सा नरहेको समेत उल्लेख छ ।

सुमारको नेपाल भ्रमणको पूर्वसन्ध्यामा दिइएको जवाफमा एमसीसी नेपालको संविधान माथि नरहेको जनाइएको हो ।एमसीसीको उद्देश्य आर्थिक वृद्धिमार्फत गरिबी निवारण गर्नु रहेको जवाफ दिइएको छ ।

एमसीसीलाई लागू हुने अमेरिकी कानूनले कुनैपनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरिएको जनाइएको छ ।

हस्ताक्षर भैसकेको नेपालको एमसीसी कम्प्याक्टलाई अहिले संशोधन गर्न नमिल्ने जवाफ दिइएको छ । हिन्द–प्रशान्त रणनीतिको सम्बन्धमा नेपालको कुनैपनि निर्णय एमसीसी नेपाल कम्प्याक्टबाट अलग र स्वतन्त्र रहने समेत जनाइएको छ ।

एमसीसी नेपालको संविधानभन्दा माथि छैनब‘एमसीसी नेपाल कम्प्याक्ट हिन्द प्रशान्त रणनीति मातहतको सम्झौता होइन । न त यो अमेरिकाको कुनै सैन्य रणनीतिको हिस्सा हो’ जवाफमा भनिएको छ ।

एमसीसी सम्झौताको बौद्धिक सम्पत्ति नेपाल सरकारको मातहतमा रहने भनिएको छ । बौद्धिक सम्पत्तिमा एमसीसीको कुनैपनि स्वामित्वको हक नहुने पनि जनाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?