Logo

आज विराटनगरमा ५८ संक्रमित थपिए

Logo 2021-09-08 09-09    Hamro Biratnagar

विराटनगर, २३ भदौ । विराटनगरमा बुधबार ५८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या २ हजार ८ सय १७ जना पुगेको महानगरले जनाएको छ ।

विराटनगरमा हालसम्म १० हजार ८ सय २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । विराटनगर हालसम्ममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १७२ पुगेको महानगरपालिकाले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?