Logo

पदीय मर्यादामा बस्‍न सभामुखलाई विष्णु पौडेलको चेतावनी

Logo 2021-09-08 09-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटालाई पदीय मर्यादामा बस्न चेतावनी दिएका छन् ।

आफ्नो दलले कारबाही गरेर निष्कासन गरेर माधव नेपालसहितका १४ जना सांसदहरूलाई संरक्षण दिएर सभामुख सापकोटाले पदीय दुरुपयोग गरेको पौडेलको आरोप छ ।

बुधबार रुपन्देहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी फुटाउन सभामुख सापकोटाले राजनीतिक दलको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

उनले भने, ‘पदको दुरुपयोग गरेर नेकपा एमालेलाई विभाजन गर्ने काम भएको छ । सभामुखले एउटा पार्टीको कार्यकर्ताको हैसियतमा प्रस्तुत हुने यो हर्कत तत्काल बन्द गर्नुपर्छ ।’

उपमहासचिव पौडेलले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आगामी निर्वाचनमा एक सिट पनि ल्याउन नसक्ने दाबी समेत गरे । यस्तै उनले एमसीसीबारे संसदमा प्रस्ताव पेस भएपछि मात्र पार्टीको भनाइ सार्वजनिक गर्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?