Logo

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

Logo 2021-09-09 12-09    Hamro Biratnagar

विराटनगर, २४ भदौ । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई दोस्रो चरणमा पनि खाद्यान्न वितरण गरेको छ । यसअघि एक महिना अघि २३ साउनमा पनि क्लबले पहिलो चरणमा आश्रममा खाद्यान्न वितरण गरेको थियो ।

क्लबले एक कार्यक्रमकाबीच बुधबार विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको लागि चामल, दाल, घ्यू, चिउरा, भुजा, चिनि लगायतका खाद्य सामाग्री वितरण गरेको हो ।

रोट्राक्ट क्लब अफ नोवेल मेडिकल कलेजको सहकार्यमा आश्रममा आश्रित जेष्ठ नागरिकहरुका लागि खाद्यान्न वितरण गरेको क्लबले जनाएको छ ।

सो अबसरमा आश्रममा आश्रितहरुका लागि ४ सय केजी चामल, एक क्वीन्टल दाल, ५ केजी घ्यू, एक क्वीन्टल चिउरा, ४० केजी भुजा र ५० केजी चिनि वितरण गरिएको क्लबकी अध्यक्ष संचिता जैनले जानकारी दिइन् ।

खाद्य सामाग्री वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष तथा एसिस्टेन्ट जोनल एम्बेस्डर किरण कर्ण, रोटरी इन्टरशनेशनल डिस्ट्रीक्ट ३२९२ नेपाल–भूटान २०२१-२२ को प्रथम महिला नविनिता रिजाल र न्यू मेम्बर स्वाती राठीलगायतको सहभागिता थियो ।

सो अबसरमा आश्रममा आश्रितहरुलाई भोजन समेत गराइएको थियो । साथै आश्रममा आश्रित जेष्ठ नागरिकहरुले रोटरियनहरुसँग खुशि व्यक्त गर्दै रमाइलो समेत गरेका थिए । उनीहरुले रोटरी क्लब अफ विराटनगर डाउन टाउनका सवै पदाधिकारी तथा सदस्यहरुलाई फेरी पनि आउन आग्रह गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?