Logo

मध्यबानेश्वरमा भेटियो शंकास्पद वस्तु, टाइम बम भएको पुष्टि

Logo 2021-09-09 12-09    Hamro Biratnagar

काठमाडौं मध्यबानेश्वरको एक भवनमा भेटिएको वस्तु बम हुनसक्ने आशंकामा सेनाको डिस्पोजल टोली घटनास्थलमा खटिएको छ। शंकास्पद वस्तु के हो भन्ने यकिन नभएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ।

प्रहरीले जनाएअनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा शंकास्पद वस्तु भेटिएको हो। बम राखिएको आशंकामा डिस्पोजल टोलीलाई खबर गरिसकेको र गौशाला प्रहरीको टोलीले घटनास्थलमा अनुसन्धान थालिसकेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।

मध्य बानेश्वरको एक भवनमा भेटिएको शंकास्पद वस्तु टाइम बम भएको पुष्टि भएको छ। नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्क्रिय पारेको छ।

प्रहरीका अनुसार मातृका आँखा उपचार केन्द्रको तेस्रो तल्लाको ट्वाइलेटमा बम भेटिएको हो।

 


लोकप्रिय छुटाउनुभयो कि ?