Logo

मातृका आँखा अस्पतालको भवनमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

Logo 2021-09-09 01-09    Hamro Biratnagar

काठमाडौं, २४ भदौ । काठमाडौंको सेतोपुलस्थित मातृका आँखा अस्पतालको भवनको तेस्रो तलामा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

बिहीबार बिहान मातृका आँखा अस्पतालको तेस्रो तलाको शौचालयमा भेटिएको शंकास्पद वस्तु होक्स भएको पुष्टि भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवं एसपी रमेश बस्नेतले जानकारी दिए ।

शंकास्पद वस्तु बम हुन सक्ने आशंका गर्दै नेपाली सेनाको बम डिस्पोजल टोली, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली डिस्पोजका लागि पुगेका थिए ।

तर, शंकास्पद वस्तु मानिसलाई त्रसित गर्ने उद्देश्यले राखेको होक्स भएको खुलेको एसपी बस्नेतले बताए । होक्स कसले राख्यो भन्नेबारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?