Logo

मोरङ कारागारमा एक जना थुनुवाको मृत्यु

Logo 2021-09-09 08-09    Hamro Biratnagar

विराटनगर : मोरङ कारागारका बन्दी ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे–१० घर भएका सुब्वाको मृत्यु भएको निमित्त जेलर रामप्रसाद पोखरेलले बताए।

सुब्बा गत असार ७ गतेदेखि कारागारमा बन्दी जीवन बिताइरहेका थिए। फैसला भएर अदालतबाट मुद्दाको किनारा लाग्न बाँकी नै रहेको अवस्थामा बन्दीको मृत्यु भएको पोखरेलको भनाइ छ। बुधबार राति १० बजेतिर एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि सुब्बालाई उपचारका लागि कोसी हुँदै नोबेल अस्पताल पुर्याइएको थियो।

नोबेल शिक्षण अस्पतालमा विहीबार बिहान मृत्यु भएको पोखरेलले जानकारी दिए । मृतकमा उच्च रक्तचापको पुरानै समस्या रहेको बताइएको छ। परिवारका सदस्यले शव बुझेर अन्त्येष्टिका लागि लिएर गएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?