Logo

मोरङ १४ औं महाधिवेशन : कैलाश बने पहिलो सर्वसम्मत कांग्रेस वडा सभापति

Logo 2021-09-09 08-09    Hamro Biratnagar

बिभिन्न जिल्लामा नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भएसकेपनि मोरङमा क्रियाशिलको विवाद अझै टुङ्गिएको छैन्, क्रियाशिलको नाम सार्वजनिक नहुँदा महाधिवेशन कैले गर्ने अन्यौलता छ। मोरङका विभिन्न वडाहरुमा नेतृत्व चयन गर्ने कुरामा होडबाजी चलिरहेको बेला मोरङको उर्लाबारी—९ को नेपाली कांग्रेस वडा सभापतिमा सर्वसम्मत नेतृत्व आउने भएको छ ।

सभापतिमा तिन आँकाङक्षीमध्ये प्रकाश कन्दङ्वा र राजन रायमाझी ब्याक भएपछि कैलाश थापा मगर सर्वसम्मत वडा सभापति बन्नुभएको हो । मगर नेतृत्वमा आएपछि पार्टी कार्यकर्तामा उत्साह छाएको छ ।

युवाहरुले आशा र पाकाहरुले भरोसा गरेका छन्। सहमती सहकार्य र एकता सहितको नेतृत्व चयनले पार्टीपङ्तीमा राम्रो सन्देश गएको मात्र छैन, पार्टीलाई अझ मजवुद बनाएको छ, कांग्रेसी पुराना कार्यकर्ता भानु भक्त खड्काले भन्नुभयो, उर्लाबारी ९ मा कुनै गुट उपगुट छैन भन्ने सन्देश हो यो।

तिन जना उत्तिकै खट्ने र पार्टीको कामको लागि मरिहत्ते गर्ने युवाहरुको सहमतिले वडा नम्बर ९ मा नेपाली कांग्रेस मजवुद देखिएको छ।

सर्वसम्मत नेतृत्व पाउदाँ आफुले बिगत देखी नै पार्टीमा गरिआएको कामको मुल्याङ्कन भएको कैलाश थापा मगर बताउनुहुन्छ। पार्टीको निति नियम अनुसार काम गर्दै पार्टीलाई अझ मजवुद र चलयमान बनाउने मगर बताउनुहुन्छ ।


लोकप्रिय छुटाउनुभयो कि ?