Logo

विराटनगरमा युवतीले प्रेमीको लिङ्ग काटिदिइन्

Logo 2021-09-09 08-09    Hamro Biratnagar

विराटनगरमा एक युवतीले प्रेमीको लिङ्ग काटिदिएकी छन् । सुनसरीको बर्जु गाउँपालिका–२ घर भइ विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीया युवतीले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएकी हुन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १५ रानीस्थित होटल मकालुमा भेट्न बोलाएर युवतीले कैचीले प्रेमीको लिङ्ग काटिदिएको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार होटलमा लगेर जबरजस्ती करणी गर्न खोजिएको भन्दै ती युवतीले प्रेमीको लिङ्ग काटीदिएकी हुन् ।

घाइते भएका पुरुषको नोबेल अस्पताल विराटनगरमा १० टाँचा लगाएपछि लिङ्ग जोडिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?