Logo

देउवालाई पौडेल पक्षको ध्यानाकर्षण- महाधिवेशनमा प्रहरी र प्रशासनको दुरुपयोग नगरियोस्

Logo 2021-09-10 12-09    Hamro Biratnagar

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई रामचन्द्र पौडेल पक्षका नेताहरूले भेटेका छन् ।

बिहान बालुवाटारमा भएको भेटमा महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाको ध्यानाकर्षण गराएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् ।

उनले ध्यानाकर्षणको क्रममा पार्टीको महाधिवेशनमा राज्यको प्रहरी र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर आग्रह गरेको जानकारी दिए ।

देउवालाई भेट्न महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं के.सी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बालुवाटार पुगेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?