Logo

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

Logo 2021-09-10 12-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।

याे  नियमित बैठक रहेकाे बताइएकाे छ । प्रधानसेनापति शर्माले हिजाे मात्रै कार्यभार सम्हालेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?