Logo

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट, ७४ हजार ४ सय आवेदकले पाए शेयर

Logo 2021-09-10 12-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज आईपीओ बाँडफाँड गरिएको जनाएको हो ।

८ लाख कित्ताका लागि कम्पनीले मागेको आवेदनमा २३ लाख ४७ हजार जनाले आवेदन दिएका थिए । जसमा ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । सोहीअनुरुप ७४ हजार ४ सय जनालाई आईपीओ परेको छ भने बाँकी सबैको हात खाली भएको छ ।

जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरूलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो । यही कित्ता खरिदका लागि आवेदन दिएका २३ लाख ५५ हजार ४४७ मध्ये ७४ हजार ४०० ले मात्र १० कित्ताका दरले शेयर पाएका हुन् ।

आवेदन दिएकामध्ये ८ हजार ८ सय २० आवेदकको आवेदन रद्द गरिएको थियो । तेह्रथुम पावरले भदौ ९ गतेदेखि आईपीओमा आवेदन खुलाएको थियो । १३ भदौसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको थियो ।

आईपीको रिजल्ट  बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको वेबसाइट तथा मेरो शेयरको आईपीओ नतिजा हेर्ने वेबपोर्टलमा गएर हेर्न सकिनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?