Logo

विद्युत् प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीशको इजलासमा

Logo 2021-09-10 12-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको विरोधमा पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा सुनुवाइ हुने भएको छ ।

घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि उनीअघिका कार्यकारी निर्देशक शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

आफूलाई चार वर्षका लागि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएकाले पुनर्बहाली गर्नुपर्ने शाक्यको माग छ ।

यसअघि यो मुद्दामा सर्वोच्च अदालतले कुलमान घिसिङ र तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिको सक्कल प्रति मागेको थियो । ८ भदौमा प्रधानन्यायाधीश राणाको इजलासले घिसिङ र शाक्यको नियुक्तिको सक्कल प्रति तीन दिनभित्र मगाउन आदेश दिएको थियो ।

२५ साउनमा तत्कालीन कार्यकारी निर्देशक शाक्‍यलाई सरुवा गर्दै सरकारले कुलमान घिसिङलाई नियुक्ति गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?