Logo

एमालेको अवरोधबीच राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रियसभामा पेस

Logo 2021-09-10 01-09    Hamro Biratnagar

काठमाडौं, २५ भदौ । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रियसभा बैठकमा पेस गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रियसभा बैठकमा पेस गरेका हुन् ।

गृहमन्त्री खाँणले राजनीतिक दलसम्बन्धी अध्यादेश पेस गर्दा एमालेका सांसदहरू आफ्नो आसनबाट उठेर विरोध जनाइरहेका थिए ।  एमालेले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा पार्टी विभाजनको मतियार भएको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

राष्ट्रियसभाको अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?