Logo

कुलमान घिसिङको नियुक्तिविरुद्ध शाक्यले दायर गरेको रिटको सुनुवाइ स्थगित

Logo 2021-09-10 01-09    Hamro Biratnagar

काठमाडौं, २५ भदौ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा शुक्रबार पनि सुनुवाइ हुन सकेन ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै इजलासमा सुनुवाइ हुने गरी उक्त मुद्दाको पेसी तोकेका थिए । तर, निवेदक तर्फका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो ।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको विरोधमा पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

आफूलाई चार वर्षका लागि विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएकाले पुनर्बहाली गर्नुपर्ने शाक्यको माग छ ।


लोकप्रिय छुटाउनुभयो कि ?