Logo

ममता बनर्जीविरुद्ध बिजेपीले प्रियंका टिबरीवाललाई उम्मेदवार बनाउने

Logo 2021-09-10 01-09    Hamro Biratnagar

एजेन्सी, २५ भदौ । पश्चिम बंगालमा हुन गइरहेको विधानसभा उपचुनावमा भारतीय जनता पार्टीले मुख्यमन्त्री ममता बनर्जीविरुद्ध प्रियंका टिबरीवाललाई उम्मेदवार बनाएको छ ।

भारतको केन्द्रीय चुनाव आयोगले सेप्टेम्बर ३० मा पश्चिम बंगालका तीनवटा सिटमा उपचुनावको घोषणा गरेको थियो । त्यहाँ ३ अक्टुबरमा मतगणना हुने छ ।

भवानीपुर, जांगीपुर र समसेरगञ्जमा विधानसभाको उपचुनाव हुन लागेको हो । मुख्यमन्त्री ममता बनर्जीले आम विधानसभा चुनावमा नन्दीग्राममा चुनाव लडेकी थिइन् ।

त्यहाँ उनी बिजेपीका उम्मेदवार शुभेन्दु अधिकारीसँग १९५६ मतान्तरले पराजित भएकी थिइन् । त्यसपछि उनले उपचुनावमा भवानीपुरबाट चुनाव लड्ने घोषणा गरेकी थिइन् ।

बिजेपीले जंगीपुरमा सुजीत दास र समसेरगञ्जमा मिलन घोषलाई उम्मेदवार बनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?