Logo

विराटनगरमा बसपार्कमा एक पुरूष मृत अवस्थामा भेटिए

Logo 2021-09-10 01-09    Hamro Biratnagar

विराटनगर, २५ भदौ । विराटनगरमा शुक्रबार दिउँसो एक पुरुष मृत अवस्थामा फेला परेका छन् । विराटनगर– ९ स्थित बसपार्क अगाडी एक जना पुरूष मृत अवस्थामा फेला परेका हुन् ।

आज दिउँसो ४० –४५ वर्ष उमेर देखिने मृत भेटिएका पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अहिले घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा छ । मृतक पुरूष आज विहान बसपार्क तिर हिडडुल गरिरहेकमा स्थानियले बताएका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङ मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?