Logo

सभामुखलाई माइकले हान्ने प्रयास, सांसद झाले भनिन्, ‘हिर्काउनै माइक तानेकी हुँ’

Logo 2021-09-10 06-09    Hamro Biratnagar

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद रेखा झाले सभामुख अग्निप्रसाद सापकोटालाई माइकले हिर्काउन खोजेको स्वीकार गरेकी छिन् ।

शुक्रबार बसेको संसद बैठकमा उनले गृहमन्त्री बालकृष्ण खाँणका अघि रहेको माइक तानेकी थिइन् । सभामुख सापकोटाले संवैधानिक मर्यादा बिर्सिएर सदन चलाएकाले आफूले प्रहार गर्न खोजेको उनले बताइन् ।

'संसदीय मर्यादाको ख्याल नगर्ने सभामुखलाई कुट्न माइक समातेकी थिएँ तर सफल हुन सकिनँ,' संसद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले भनिन्, 'अब अर्को पटक सभामुखको टाउको फुटाउने हो ।'

माइकले सभामुखको टाउको फुटाउन खोज्नेले संसदीय मर्यादाको कुरा गर्न सुहाउँछ भन्ने प्रश्नमा उनले भनिन्, 'सुरुवात कसले गरेको हो, हामीले हो ? उनीहरूले संसदीय मर्यादा उल्लंघन गरे । हामीले त्यसको प्रतिवाद गर्‍यौं ।'

'सभामुखले संविधानविपरीत सदन चलाएकाले मैले हिर्काउनकै लागि माइक तानेकी हुँ,' उनले भनिन् । सांसद झाले सभामुख र अर्थमन्त्रीमाथि प्रहार गर्ने योजना सफल नभएकाले अर्को पटक प्रयास गर्ने बताइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?