Logo

विराटनगरबाट गाँजा सहित एक जना पक्राउ

Logo 2021-09-10 06-09    Hamro Biratnagar

मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् ।

हिजो बेलुका साढे ८ बजे CRV पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?