Logo

युट्युबलगायतका सामाजिक सञ्जालबाट आम्दानी गर्नेलाई १ प्रतिशत कर

Logo 2021-09-11 09-09    Hamro Biratnagar

काठमाडौं । सरकारले मुलुकमा पहिलो पटक सामाजिक सञ्जालबाट आयआर्जन गर्नेलाई करको दायरामा ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सदनमा प्रस्तुत गरेको बजेट प्रतिस्थापन विधेयकमार्फत सामाजिक सञ्जालमा कर लगाएको हो ।

युट्युबलगायतका सामाजिक सञ्जालमा श्रव्यदृष्य सामग्री अपलोड गरेवापत प्राप्त हुने विदेशी मुद्रामा १ प्रतिशत कर लगाएको छ । शर्माले अब सम्बन्धी बैंक, वित्तीय संस्था तथा मुद्रा हस्तान्तरण (मनी ट्रान्सफ) गर्ने संस्थाले त्यस्तो भुक्तानी गर्दा प्राप्त रकमको १ प्रतिशतका दरले अग्रिम कर असुल गर्नुपर्ने विधेयकमा व्यवस्था गरेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?