Logo

मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालन हुने

Logo 2021-09-12 10-09    Hamro Biratnagar

काठमाडौं, २७ भदौ । विगत चार महिनादेखि बन्द रहेका मकवानपुरका शैक्षिक संस्था आजदेखि सञ्चालनमा आउने भएका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजी विद्यालय सञ्चालनमाा आउन लागेका हुन् ।

स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, भौतिक दूरी कायम गर्न र भीडभाड हुने सामूहिक कार्य नगगराउने गरी शैक्षिक संस्था सञ्चालनमा आउन थालेका हुन् ।

गत वैशाखको १५ गतेदेखि विद्यालय बन्द गरिएको थियो भने वैकल्पिक माध्यमबाट अध्ययन÷अध्यापन गराइँदै आएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा गत भदौ १७ गते बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले सबै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न मिल्ने निर्णय गरेको थियो । रासस

 


लोकप्रिय छुटाउनुभयो कि ?