Logo

संखुवासभा हत्याकाण्डका अभियुक्त सार्वजनिक

Logo 2021-09-12 11-09    Hamro Biratnagar

विराटनगर, २७ भदौ । संखुवासभाको उम्लिङमा एकै परिवारका ६ जनाको बिभत्स हत्याका अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको छ । २१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा तेजबहादुर कार्कीको परिवारका ६ जनाको बिभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो ।

शुक्रबार पक्राउ गरिएका २६ वर्षीय लोकबहादुर कार्कीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले सार्बजनिक गरेको हो ।

आफूमाथि गरेको अपमानको बदला लिन सुरुमा तेजबहादुरको हत्या गरेको र त्यसलाई लुकाउन अन्यको हत्या गरेको बयान उनले दिएका छन् ।

शुक्रबारबाट प्रहरी नियन्त्रणमा परेका उनले शनिवार बिहान घटनामा आफ्नो संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ ।

आफुले तेजबहादुरलाई मात्रै हत्या गर्ने योजना बनाएको भएपनि अरुले देखेपछि घटना लुकाउन थप हत्या गरेको उनले स्वीकार गरेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?