Logo

बीपी प्रतिष्ठानको आन्दोलन फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह (विज्ञप्तीसहित)

Logo 2021-09-12 12-09    Hamro Biratnagar

काठमाडौं, २७ भदौ । सरकारले सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन फिर्ता लिन आग्रह गरेको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत पक्षको माग अनुसार काम अगाडि बढेकाले आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

‘हाललाई आन्दोलनरत पक्षले उठान गरेका मागहरू धेरै हदसम्म सम्बोधन भइसकेको र कति सम्बोधनका क्रममा रहेकाले हाल कोभिड महामारी लगायत सबै कुरालाई मध्यनजर गर्दै बिरामी र विद्यार्थीहरूलाई प्रत्यक्ष प्रभाव पार्ने एवं स्वास्थ्य सेवा अवरुद्ध हुने किसिमका आन्दोलनका कार्यक्रम फिर्ता लिँदै काममा फर्किन हार्दिक अपिल गर्दछौँ,’ मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

हालका पदाधिकारीलाई कारबाही गर्नुपर्ने लगायतमा माग राख्दै प्रतिष्ठानको संघर्ष समितिले लामो समयदेखि आन्दोलन गर्दै आएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?