Logo

एमालेले संसद अवरोध जारी राख्ने,

Logo 2021-09-12 01-09    Hamro Biratnagar

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको अवरोध जारी रहने बताएका छन् ।

आइतबार संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सभामुख अग्निप्रसाद सापकोटाको भूमिका कारण अवरोध जारी राख्नुपर्ने अवस्था आएको बताएका हुन् ।

उनले विरोध गर्दा मर्यादित ढंगले प्रस्तुत हुन पनि सांसदहरूलाई निर्देशन दिएका छन् । 'सभामुखले एमाले विभाजन गर्न निर्वाह गरेको भूमिका, आफैँले बनाएको कानुन र नियमावली विपरीत प्रस्तुत भएकाले एमालेको अवरोध हुन्छ । साथीहरू बेलामा मर्यादित ढंगले प्रस्तुत हुनुहोस्,' उनले भने ।

काँधमा चढेर उच्छृंखल नहुन पनि उनले निर्देशन दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?