Logo

ओखलढुंगाको मितेरीभन्ज्याङमा सुमो दुर्घटना: एकजनाको मृत्यु, नौ जना घाइते

Logo 2021-09-12 01-09    Hamro Biratnagar

ओखलढुंगा, २७ भदौ : मोनभञ्ज्याङ गाउँपालिका ६ मितेरीभन्ज्याङमा आइतबार टाटा सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा नौजना घाइते भएका जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

घाइतेहरूलाई उद्धार गरेर उपचारका लागि घुर्मी पठाइएको छ। आइतबार दिउँसो मानेभज्याङ गाउँपालिका १ मोलीबाट काठमाडौंका लागि छुटेको बा११च ५२१० नम्बरको स्कारपियो सुमो दुर्घटनामा परेको डिएसपी काफ्लेले जानकारी दिए ।

डिएसपी काफ्लेसहितकोे टोली घटनाथस्थलमा गइरहेको र यसबारे पूर्ण विवरण आउन बाँकी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?