Logo

गुल्मीमा तीन वर्षकी बालिका मृत फेला

Logo 2021-09-12 01-09    Hamro Biratnagar

गुल्मीमा शनिवार बिहान ११ बजे हजुरआमासँगै पञ्चमी पूजामा गई हराएकी तीन वर्षकी बालिका मृत फेला परेकी छिन् ।

जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीकी ३ बर्षकी आयुषा पोखरेल घरदेखि करिब ५०० मिटर नजिकैको झाडीमा मृत अवस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अहिले प्रहरी निरीक्षकसहितको टोली पुगेको र घटनाको अवस्था हेर्दा जङ्गली जनावरले चिथोरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?