Logo

तेस्रो दिन पनि संसद बैठकमा एमालेको अवरोध कायमै

Logo 2021-09-12 01-09    Hamro Biratnagar

काठमाडौं, २७ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठकमा अवरोध कायमै राखेको छ ।

आइतबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले लगातार तेस्रो दिन पनि संसदमा अवरोध जारी राखेका हुन् ।

प्रतिपक्षीको अवरोधकाबीच सरकारले बजेटसम्बन्धी अध्यादेश पारितका साथै प्रतिस्थापन विधेयक पेस गरेपछि एमाले झन् रुष्ट बनेको छ ।

आफ्नो पार्टी विभाजनमा सभामुख अग्नि सापकोटाको समेत भूमिका रहेको आरोप लगाउँदै एमालेले सभामुखको राजीनामा माग गरिरहेको छ ।

प्रतिनिधिसभा नियमावलीका नियमको उल्लंघन गर्दै प्रमुख प्रतिपक्षीको अवरोधकाबीच सदन सञ्चालन गरेर सभामुखले नै द्वन्द्व निम्त्याउन खोजेको आरोप एमालेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?