Logo

बीपी प्रतिष्ठानका उपकुलपति गिरी प्राध्यापक नभएको पुष्टि

Logo 2021-09-12 02-09    Hamro Biratnagar

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी प्राध्यापक नभएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण प्राप्त नभएकाले प्रचलित कानुन बमोजिमको प्रक्रिया सुरु भएको छ ।’

प्रतिष्ठानको संघर्ष समितिले डा. गिरी प्राध्यापक नरहेको भन्दै कारबाहीको माग राखेर आन्दोलन गर्दै आएको थियो । उपकुलपति गिरीले आफू प्राध्यापक भएको बताउँदै आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?