Logo

तस्करी गरी ल्याएको १९ लाख बराबरको औषधि विराटनगरबाट बरामद

Logo 2021-09-12 02-09    Hamro Biratnagar

विराटनगर, २७ भदौ । भारतीय बजार जोगबनीदेखि तस्करी गरेर ल्याएको औषधि प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरीले भारतबाट भन्सार छली गरेर अवैध रूपमा नेपाल भित्राइएको औषधि विराटनगरको रानीबाट बरामद गरेको हो ।

डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेसलगायतका ११ प्रकारका औषधी दुईवटा कार्टुन भित्र झाडीमा लुकाएर राखेका अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । सो औषधि लगभग १९ लाख मूल्य बराबर रहेको प्रहरी स्रोतले जनाएको ।


लोकप्रिय छुटाउनुभयो कि ?