Logo

आज फेरी विराटनगर गुद्रीमा एक युवक मृत अवस्थामा फेला परे

Logo 2021-09-12 04-09    Hamro Biratnagar

विराटनगर, २७ भदौ । विराटनगरको पुरानो तरकारी बजार लाग्ने गुद्रीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ३०÷३५ वर्षका देखिने युवक आइतबार दिउँसो साढे एक बजेतिर मृत अवस्थामा फेला परेका हुन् ।

उनको अहिलेसम्म पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले हाम्रो विराटनगरलाई जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ ।

विराटनगरमा पछिल्लो केही दिनयता तीनजना मृत अवस्थामा फेला परेका छन् । केहिदिन अघि विराटनगर डिएभि स्कुल अगाडी मृत अवस्थामा एक युवकको शव फेला परेको थियो ।

त्यस्तै शुक्रबार दिउँसो पनि विराटनगर बसपार्क अगाडी एक पुरुष मृत अवस्थामा फेला परेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?