Logo

नेपालमा थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

Logo 2021-09-12 04-09    Hamro Biratnagar

काठमाडौं, २७ भदौ । नेपालमा थप ९११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा १८७, ललितपुरमा ५६ र भक्तपुरमा ६६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १४२३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?