Logo

नेप्सेमा ७१.४३ अङ्कको बृद्धि, नौ कम्पनीको शेयरमा सर्किट

Logo 2021-09-12 07-09    Hamro Biratnagar

Hamrobiratnagar

आइतबार नेप्से  ७१.४३ अंकले बढेको छ। केही दिन यता लगातार ओरोलो लागेको बजार आइतबार भने २९४७.४२ बिन्दुमा पुगेको हो। नेप्सेसँगै कारोबार रकम पनि वृद्धि भएको छ।

बिहीबार ६ अर्ब ६४ करोडकको कारोबार भएको शेयर बजारमा आइतबार ९ अर्ब ४४ करोड बराबरको शेयर खरिदबिक्री भएका छन्। २३१ कम्पनीको ७१ लाख कित्ता कारोबार हुँदा सेन्सेटिभ सूचक १३ अंकले वृद्धि भएर ५४८.२९ बिन्दुमा पुगेको छ।

आइतबार सामूहिक लगानी कोषबाहेक सबै समूहको परिसूचक बढेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?