Logo

नेकपा एमालेद्वारा सर्वदलीय बैठक बहिस्कार

Logo 2021-09-13 12-09    Hamro Biratnagar

नेकपा एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । सभामुख अग्नि प्रसाद सापकोटाले बोलाइएको बैठक एमालेले बहिस्कार गर्ने भएको हो । बैठक आज दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बोलाएको सर्वदलीय बैठकलाई एमालेले बहिस्कार गर्ने भएको हो।

सिंहदरवारमा उपस्थित भएर सभामुखलाई बैठकमा सहभागी नहुने जानकारी गराउन एमाले प्रमुख सचेतक विशाल भट्टराईले समय माग गरे पनि सापकोटाले सिंहदवार नआउने भनेपछि टेलिफोनबाटै बैठकमा आउन नसक्ने जानकारी गराइएको हो।

‘सिंहदवारमा भेटेर बैठकमा आउन नसक्ने जानकारी गराउने भन्ने थियो। तर सभामुखले सिंहदरवारमा नआउने भनेपछि टेलिफोनबाटै बैठकमा उपस्थित नहुने जानकारी गराइएको छ,’ अध्यक्ष ओलीनिकट एक नेताले भने।

ती नेताकाअनुसार सर्वदलीय बैठकमा दलको नेताका हैसियतमा पूर्वएमाले वरिष्ठ नेता माधव नेपाल समूहलाई बोलाइएको भन्दै एमालेले आपत्ति जनाएको हो।

माधव नेपालसहित कारवाही गरिसकेका १४ जनाले संसदमा वैधानिकता नपाउने जिकिर गर्दै आएको एमालेले उनीहरुलाई उपस्थित गराएको भनेर संसदसमेत अवरुद्ध गर्दै आएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?