Logo

प्रदेश १ मा राजेन्द्र राई बने एकीकृत समाजवादीको संसदीय दलको नेता

Logo 2021-09-13 03-09    Hamro Biratnagar

विराटनगर, २८ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीको प्रदेश १ को संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् ।

सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेतामा सर्वसम्मतिले चयन गरेको हो । बैठकले मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय पनि गरेको सांसद राजन राईले जानकारी दिए ।

उनका अनुसार आचार्य नेतृत्वको सरकारलाई आफूहरूको समर्थन नरहेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद सचिवालयलाई पठाइएको छ ।

एमाले विभाजनपछि प्रदेश १ मा राजेन्द्र राई, गणेश काङमाङ, कृष्णकुमारी राई, राजन राई, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, पदमकुमारी गुरुङ, सुनिता चौधरी, सरिता थापा र उपेन्द्र घिमिरेले एकीकृत समाजवादी पार्टी रोजेका थिए ।

एमाले विभाजनअघि १० भदौमा आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका थिए । १० सांसद एकीकृत समाजवादीतिर लागेपछि आचार्य एक हप्ताभित्रै अल्पमतमा परेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?