Logo

सुनसरीबाट लागूऔषध सहित ३ जना पक्राउ

Logo 2021-09-13 04-09    Hamro Biratnagar

सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हिजो दिनको ३ बजे सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमर मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।

हिजो दिनको ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी।सी। ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु २० हजार सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका तिनैजना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी वढाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?