Logo

थपिए १४१६ कोरोना संक्रमित, १६ जनाको मृत्यु

Logo 2021-09-13 04-09    Hamro Biratnagar

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार चार सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा गरिएको १२ हजार पाँच सय ३२ पीसीआर तथा ४ हजार ७ एन्टिजेन परीक्षणबाट सो संख्यामा संक्रमित भेटिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या १० हजार ९ सय ६५ पुगेको छ।

सोमबार एक हजार दुई सय ६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २६ हजार ६३० सक्रिय संक्रमित रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?