Logo

‘मेरो देश, मेरै उत्पादन’को निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड विराटनगर महानगरपालिकालाई हस्तान्तरण

Logo 2021-09-13 04-09    Hamro Biratnagar

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर बनाउँदै समुत्रत राष्ट्र निर्माणमा सहयोग पुर्याउने लक्ष्यका साथ सञ्चालन गेको ‘मेरो देश, मेरै उत्पादन’ को दोश्रो चरण अन्तरगत अभियानको निमोनिक लोगो सहितको फ्रेम र टेबल स्टेन्ड विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघको संयुक्त टोलिले महानगरका मेयर भीम पराजुली र उप–मेयर इन्दिरा कार्कीसहित प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतलाई प्रदान गरेको हो ।

कार्यक्रममा मोरंग व्यापार संघका अध्यक्ष प्रकाश मून्दडा, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल, संघका उपाध्यक्ष विकास कुमार बेगवानी लगायतको उपस्थिति रहेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?