Logo

आफ्नो प्रेमिकाको अश्लिल भिडि‌‌ओ सामाजिक सञ्जालमा सार्वजनिक गर्ने युवक पक्राउ

Logo 2021-09-13 06-09    Hamro Biratnagar

आफ्नो प्रेमिकाको अश्लिल फोटो र भिडि‌‌ओहरू सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

दैलेख बैतेश्वर नगरपालिका वडा नम्बर ८ घर भएका २३ वर्षका सुजन जिरेल काभ्रेको पाँचखालमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आफू युवतीसँग प्रेम सम्बन्धमा रहेका बेला खिचिएका अश्लिल फोटो र भिड‌िओहरू उनले सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम मार्फत सार्वजनिक गरेका हुन् ।

उनलालई विद्युतिय कारोबार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरी परिसर काठमाडौं ल्याइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?