Logo

सरकारले नवौँ राष्ट्रिय विज्ञान दिवस सप्ताहव्यापी रूपमा मनाउने

Logo 2021-09-13 06-09    Hamro Biratnagar

काठमाडौं, २८ भदौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १ असोजबाट सप्ताहव्यापी रूपमा राष्ट्रिय विज्ञान दिवस मनाउने भएको छ । अमृत साइन्स क्याम्पस स्थापनाको अवसर पारेर हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

‘विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास' नारासहित राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ । पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्यले वैज्ञानिक तथा नव प्रतिभाहरूलाई प्रोत्साहित गर्ने उद्धेश्यले विज्ञान दिवस मनाइन लागेको बताए ।

आचार्यका अनुसार मन्त्रालयले देशभित्र विज्ञान, प्रविधि र नवप्रवर्तन भित्र्याउन विज्ञान कुटनीतिमार्फत पहल समेत गर्नेछ । त्यस्तै युवा जनशक्तिलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गरी प्रतिभा पलायन रोक्नु यस दिवसको उद्देश्य रहेको उनको भनाइ छ ।

यस दिवसलाई भव्यताका साथ मनाउन सबै प्रदेशका मुख्यमन्त्री र विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रधानमन्त्री कार्यलयमार्फत पत्राचार भइसकेको छ । त्यस्तै सबै स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरिसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?