Logo

भारतमा २५ हजार संक्रमित थपिए, ३३९ जनाकाे मृत्यु

Logo 2021-09-14 11-09    Hamro Biratnagar

भारतमा पछिल्लाे २४ घण्टामा २५ हजार ४०४ जना नयाँ काेराेना संक्रमित थपिएका छन् ।

याे अवधिमा ३७ हजार १२७ जना संक्रमणमुक्त भएका छन् भने ३३९ जनाकाे मृत्यु भएकाे भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जानकारी दिएकाे छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा ३ कराेड ३२ लाख ८९ हजार भन्दा धेरैलाई काेराेना संक्रमण हुँदा ३ कराेड ६२ लाख भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

ती मध्ये ४ लाख ४३ हजार भन्दा धेरैकाे मृत्यु भएकाे सरकारी तथ्यांक छ । अहिले भारतमा ३ लाख ३२ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।

भारतले आफ्ना ७५ कराेड २२ लाख भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ ।

बितेकाे २४ घण्टामा मात्रै ७८ लाख ६६ हजार भन्दा धेरैलाई खाेप लगाइएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।


लोकप्रिय छुटाउनुभयो कि ?