Logo

भारतीय शेयर बजार उकालो लाग्ने क्रम जारी

Logo 2021-09-14 02-09    Hamro Biratnagar

एजेन्सी, २९ भदौ । साताको दोस्रो कारोबार दिन भारतीय शेयर बजार उकालो लागेर खुलेको छ। सेन्सेक्स ५८४८२ विन्दु र निफ्टी १७४२० विन्दुमा खुलेको छ। कारोबार अवधिमा निफ्टीले १७४३८ को एक रेकर्ड बनाएको छ। अहिले, सेन्सेक्स २४० अंक बढेर ५८४२० मा र निफ्टी ७० अंक बढेर १७४२५ मा कारोबार भइरहेको छ।

सेन्सेक्सका ३० वटा शेयरमध्ये २५ वटा बढिरहेको छ भने ५ वटा रातो अंकमा कारोबार भइरहेको देखिएको छ। जसमा एक्सिस बैंक, एचसीएल टेक र बजाज अटो को शेयर १ प्रतिशतभन्दा बढि बढेको छ।

बजारलाई रियल्टी, अटो र फार्मा स्टकबाट समर्थन प्राप्त भइरहेको छ। एनएसईमा अटो सूचकांक १ प्रतिशत बढेर कारोबार भइरहेको छ भने फार्मा सूचकांक ०.४० बढेको छ। रियल्टी इण्डेक्स पनि बढेको देखिएको छ। सो समूहको सूचकांक ०.७० प्रतिशत बढेर कारोबार भइरहेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?