Logo

झापा आएर ओलीले भने-माधव नेपालको पार्टीले वडा सदस्य पनि जित्दैन

Logo 2021-09-14 03-09    Hamro Biratnagar

नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले वडा सदस्य पनि नजित्ने टिप्पणी गरेका छन् ।

झापामा कार्यकर्ताहरू माझ बोल्दै ओलीले अध्यक्ष नेपाल पार्टी बनाउन भन्दा पनि एमालेलाई कमजोर बनाउन छुट्टिएकाले उनको पार्टीले वडामा सदस्य पनि नजित्ने ठोकुवा गरेका हुन् ।

'प्रचण्डले भन्न थाल्नुभएछ, यही ताल हो भने वडाध्यक्ष पनि जित्न गाह्रो छ । माधव नेपालको पार्टीले त वडा सदस्य पनि जित्दैन,' उनले भने ।

एमालेबाट लाभ लिएर अहिले उनले त्यही पार्टीलाई घात गरेको ओलीको आरोप थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?