Logo

एमालेको सुदूरपश्चिम इन्चार्ज मै हुँ, पार्टीमा विवाद छैन:लेखराज भट्ट

Logo 2021-09-14 05-09    Hamro Biratnagar

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफू नै भएको बताएका छन् ।

मंगलबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा उनले प्रदेश इन्चार्ज आफू नै भएको र यसबारे पार्टीमा विवाद नरहेको बताएका हुन् ।

उनले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँड गर्दा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी दिएको बताए । ‘अध्यक्ष कमरेडले सुदूरपश्चिम इन्चार्ज तपाई नै हो भनेर भन्नुभएको छ । यो विषयमा पार्टीमा विवाद छैन,’ उनले भने ।

नेता भट्टले यसअघि सुदूरपश्चिम इन्चार्ज रहेका उपाध्यक्ष भीम रावलले उपाध्यक्षको हैसियतमा सहजीकरण गर्ने र आफूहरूबीच कुनै मतभेद नरहेको पनि बताए । ‘रावलजी र मबीचमा कुनै खालका मतभेद छैनन्,’ उनले भने, ‘उपाध्यक्षको हैसियतमा उहाँले मलाई सल्लाह र सुझाव दिनुहुन्छ । मैले त्यसलाई ग्रहण गर्दै अघि बढ्ने हो ।’


लोकप्रिय छुटाउनुभयो कि ?