Logo

सदन अवरोध जायज छ, सभामुखको बलमिच्याइँविरुद्ध अझै विरोध गर्छौँं: ओली

Logo 2021-09-14 05-09    Hamro Biratnagar

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटाले बलमिच्याइँ थालेको भन्दै सदनमा अवरोध अझै कायम हुने बताएका छन् ।

मंगलबार गृहजिल्ला झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमालेले कारबाही गरेपछि गैरसांसद बनेकाहरूलाई सदनमा स्थान दिँदै सभामुख सापकोटाले बलमिच्याइँ गरेकाले सदन अवरोध गर्नुपरेको बताए ।

'सभामुखले  गैरसांसद राखेर सदन चलाए । सभामुखले नियमानुसार संसद चलाउन सकेनन् । एमालेको सदन अवरोध जायज छ,' ओलीले भने ।

मंगलबार बसेको संसद बैठकमा पनि एमालेले अवरोध जारी राखेको थियो । प्रतिनिधिसभाको अर्को बैठक ४ असोजमा बोलाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?