Logo

एनआरएनए चुनाव रोक्न परराष्ट्रले पत्र काटेकोमा अध्यक्ष पन्त असन्तुष्ट

Logo 2021-09-14 05-09    Hamro Biratnagar

काठमाडौं, २९ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव रोक्न परराष्ट्र मन्त्रालयले पत्रमा अध्यक्ष कुमार पन्तले असन्तुष्टि जनाएका छन्।

संघको महाधिवेशनका लागि प्रतिनिधि छनोटका क्रममा अनियमितता भएको दाबीसहित उजुरी परेपछि परराष्ट्रले चुनाव स्थगित गर्न निर्देशन दिंदै भदौ २५ मा पत्र लेखेको थियो । उजुरी संघकै पूर्वउपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी कुल आचार्य लगायतले गरेका हुन् ।

संघका अध्यक्ष कुमार पन्तले संघको चुनाव रोक्न राजनीतिक पार्टीको दबाबमा परराष्ट्र मन्त्रालयले पत्र काटेको आरोप लगाए । ‘अमूक राजनीतिक पार्टीको स्वार्थ पूर्तिका लागि गरिएको दबाब संघलाई कदापि मान्य हुँदैन,’ उनले भने, ।

एनआरएनएले विधि, विधान र प्रक्रिया उल्लंघन गर्न नसक्ने उनको भनाइ छ ।

अध्यक्ष पन्तले तोकिएको समयमै निर्वाचन हुने समेत बताए । परराष्ट्रलाई संघले जवाफ दिने, विधान अनुसार गरिएको प्रक्रियाबारे जानकारी दिने तर चुनाव नरोक्ने उनको भनाइ छ।


लोकप्रिय छुटाउनुभयो कि ?