Logo

तालिबानका शीर्ष नेताबीच चर्काचर्की

Logo 2021-09-15 09-09    Hamro Biratnagar

एजेन्सी, ३० भदौ । अफगानिस्तानमा तालिबानको अन्तरिम सरकार गठनमा आपसी मतभेद चुलिएको छ ।

तालिबानका एक शीर्ष नेताले सरकार गठनबारे तीव्र असन्तुष्टि पैदा भएको र नेताहरूबीच चर्काचर्की परेको बीबीसीलाई बताएका छन् ।

राष्ट्रपति भवनमा तालिबानका सह–संस्थापक मुल्ला गनी बरादरको समूह र मन्त्रिपरिषद्का एक सदस्यबीच चर्काचर्की भएको बीबीसीको खबरमा उल्लेख छ ।

अफगानिस्तानमा तालिबानको सफलताको जस र नयाँ सरकार गठनकाे विषायलाई लिएर भनाभन भएको हो । अन्तरिम सरकारको संरचनालाई लिएर बरादर खुशी नरहेको जनाइएको छ ।

पछिल्ला दिनहरूमा मुल्ला बरादर सार्वजनिक रूपमा देखिएका थिएनन् । त्यसपछि तालिबानमा नेतृत्वका लागि असहमति पैदा भएको विषय बाहिर आएको हो ।

तर तालिबानले आधिकारिक रूपमा विवादको कुरा अस्वीकार गर्दै आएको छ । गएको अगस्ट १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेको थियो । त्यसपछि तालिबानले अफगानिस्तानलाई ‘इस्लामिक इमिरेट्स’ घोषणा गरेको छ ।

तालिबानले सेप्टेम्बर ७ मा अन्तरिम सरकार घोषणा गरेको थियो जसमा सबै सदस्य पुरुष छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?