Logo

देश दौडाहमा एमाले अध्यक्ष ओली, झापाबाट फर्केलगत्तै बुटवलतिर

Logo 2021-09-15 09-09    Hamro Biratnagar

काठमाडौं, भदौ ३० । पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) बुटवल जाँदै हुनुहुन्छ ।

बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ।भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो ।

भेलामा जिल्लाका १६ वटै स्थानीय तहबाट नेता कार्यकर्ता सहभागी हुने चापागाईंले बताउनुभयो ।


लोकप्रिय छुटाउनुभयो कि ?